प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
शुक्रबार, ०५ पुस २०८१, १३ : ३५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।
भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
राजदूत चौधुरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
-
हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?
-
पार्टी एकताको प्रयासमा समाजवादी मोर्चा सम्बद्ध दल
-
कर्णाली सरकारले यसरी मनायो प्रजातन्त्र दिवस (तस्बिरहरू)
-
मधेस सरकारको स्वास्थ्य मन्त्रालय : समस्या एकातिर छ, बजेट अर्कोतिर खन्याउँदै
-
‘स्वास्थ्य क्षेत्रका योजनाहरू बजेट नष्ट गर्ने खालका मात्रै छन्’