शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

सबैभन्दा ठूलो हिन्दी फिल्म बन्यो पुष्पा २

शुक्रबार, ०५ पुस २०८१, १३ : ३२
शुक्रबार, ०५ पुस २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म सबैभन्दा ठूलो हिन्दी फिल्म बनेको छ । सन् २०२१ मा अल्लुको प्यान इन्डिया फिल्म ‘पुष्पा १ः द राइज’ हलमा रिलिज हुँदा हिन्दी बेल्टमा उनको क्रेज देखेर मानिसहरू छक्क परेका थिए । टिभीमा प्रसारण हुने हिन्दी डब फिल्मले उनको लोकप्रियता बढाएको थियो ।

‘पुष्पा २ः द रुल’ ले अब हिन्दी फिल्म बजारमा अल्लु अर्जुनको स्टारडमको ठप्पा लगाइदिएको छ । पहिलो दिनदेखि नै पुष्पा २ ले हिन्दी फिल्मका दर्शकलाई जबरदस्त मनोरञ्जन दिँदै आएको थियो । यस्तो जादु देखाउने उनी दोस्रो दक्षिण भारतीय सुपरस्टार बनेका छन् । यस अघि प्रभासको बाहुबली २ हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म थियो ।

दोस्रो हप्तामा पनि धुँवाधार कमाई

फिल्मले पहिलो दिन नै शानदार अओपनिङ गर्यो । तर फिल्मप्रति दर्शकको क्रेज दोस्रो सप्ताहन्तमा मात्रै थाहा हुन्छ । पुष्पा २ ले दोस्रो सप्ताहन्तमा १२८ करोड को नेट कलेक्शन गरेको छ ।  यो दोस्रो सप्ताहन्तमा कुनै पनि फिल्मले कमाएको सबैभन्दा धेरै रकम हो । सोमबार वर्किङ डेमा पनि फिल्मलाई खासै असर परेको छैन ।
 
फिल्मले १२ औं दिनमा २० करोडभन्दा धेरै कमायो । मंगलबार र बुधबार पनि यसको क्रमाई २० करोड र १७ करोड रहेको थियो । योसँगै फिल्मको नेट कलेक्शन ६१८ करोड भारुभन्दा धेरै भएको छ ।  बिहीबार पनि फिल्मले करिब १५ करोड भारु कमाएको बताइएको छ । यसको अर्थ हिन्दीमा फिल्मको कमाई ६३३ करोड भारु नजिक पुगेको छ ।

अल्लुले बनाए अल टाइम टप रेकर्ड

२०२४ मा आएको बलिउड हरर कमेडी स्त्री २ शाहरुख खानको जवानलाई पछाडि पार्दै हिन्दीमा सबैभन्दा ठूलो फिल्म बनेको थियो । जवानको अल टाइम कलेक्शन ५८४ करोड भारु थियो भने स्त्रीको रेकर्ड ६२७ करोड भारु पुग्यो ।  तर स्त्रीको रेकर्ड ६ महीना पनि टिक्न पाएन । तेलुगू फिल्म उद्योगको डब फिल्मले बलिउडका सबै फिल्मलाई उछिनेर टप हिन्दी फिल्म बनेको छ ।
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप