नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको आरोप लागेका बेचन झा सर्वोच्च अदालत पुगेका छन् । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।
उच्च अदालतले पुस १ गते उनलाई थुनामा पठाएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा आज पेसी तोकिएको थियो । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी परेको थियो । रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको छ। यो सँगै झाको मुद्दा अब सर्वोच्चमा सुरु भएको छ।
उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।
उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।
पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काँग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?