बच्चाको नामलाई लिएर भएको झगडामा अदालतमा पुगे दम्पती

नयाँ दिल्ली । जन्मिँदै गरेको बच्चाको नाम के राख्ने भन्ने विषयमा दम्पतीबिच बच्चा पाउनुभन्दा अघिदेखि नै छलफल हुन्छ । श्रीमान् र श्रीमती दुवैले सन्तानको नाम आफूले राखेकै होस् भन्ने चाहन्छन् । यस्तोमा अलिअलि खिचातानी त भइहाल्छ । तर यस्तो मामिला अदालतमै पुग्नु त अचम्मको कुरा हो । होइन र ? तर कहिलेकाहीँ यस्ता अचम्मको कुरा पनि सुन्नमा आउँछ ।
यो घटना भारतको कर्णाटकको हो । छोराको नाम के राख्ने भन्ने विषयमा झगडा चर्किँदै गएपछि दम्पती अदालतमै पुगे । झगडा बढेर सम्बन्ध विच्छेद गर्नु पर्ने स्थितिमै पुग्यो । यसको सुरुवात सन् २०२१ मा भएको थियो । नाम नखुलाइएको ती महिलाले छोरालाई जन्म दिइन् । केही हप्ता सुत्केरी बस्न माइत गइन् । यसरी माइत गएकी श्रीमती र बच्चा लिन श्रीमान् ससुराली जाने चलन छ ।
सुत्केरी श्रीमतीलाई लिन जाँदा छोराको लागि रोजेको नाम श्रीमानलाई मन परेन । त्यसपछि रिसाएका श्रीमान् फर्केर ससुराली नै गएनन् । महिलाले आफ्नो नामको पहिलो अक्षर र श्रीमानको नाममा आएको अक्षर मिलाएर छोराका नाम आदि राखिदिइन् । महिना वर्षमा बिते । महिला ३ वर्षदेखि माइतीमै थिइन् । श्रीमान् लिन नआएपछि महिला श्रीमानबाट गुजारा भत्ता माग्दै स्थानीय जिल्ला अदालतको ढोका ढकढकाउन पुगिन् ।
छोराको नामबाट सुरु भएको विवाद बढेर सम्बन्ध विच्छेदसम्म पुगेको महिलाको वकिलले बीबीसी हिन्दीसँग भनेका छन् । मुद्दा सुरुमा स्थानीय अदालतमा दायर गरिएको थियो । पछि मध्यस्थताबाट सुल्झाउन यसलाई लोक अदालत अर्थात् पिपुल्स कोर्टमा सारियो ।
न्यायाधीशले कयौँ नामहरूमा सुझाव दिएको भए पनि दम्पती आ–आफ्नै अडानमा अडिग थिए । अन्ततः दुवैले छोराको नाम आर्यवर्धन राख्न सहमति गरे । त्यसपछि अदालतमै दम्पतीले एक अर्कालाई माला लगाइदिए अनि एकैसाथ आफ्नो घर फर्किए । यसअघि तपाईंले यस्तो घटना सुन्नु भएको थियो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ