नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
शुक्रबार, ०५ पुस २०८१, ११ : ३९

काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बर समेत समावेश गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।
जसअनुसार अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।
बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]