त्रिवि क्रिकेट मैदानलाई स्तरीय बनाउन बोलपत्र आह्वान

काठमाडौँ । त्रिवि क्रिकेट मैदानलाई स्तरीय बनाउने कार्यमा सरकारले काम भइरहेको जनाएको छ । जसअनुसार क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्नका लागि शुक्रबार बोलपत्र आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौ’, ओलीको भनाइ छ, यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनु भएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ।’
उनले अब तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । मैदानलाई विश्वस्तरको बनाउने योजना त्यसपछि पनि जारी रहने उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री