आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
शुक्रबार, ०५ पुस २०८१, १० : ५७
![आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?](https://npcdn.ratopati.com/media/news/13-gold-(9)_Im7zmpILrO.jpg)
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि २० रुपैयाँले घट्दै प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।