युक्रेनमाथि पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो : पुटिन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्थ्यो भनेका छन् । रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपर्थ्यो र २०२२ मा युक्रेनमा आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्थ्यो भनेर पनि उनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भनेका हुन् ।
चार घण्टाभन्दा बढी समयसम्म चलेको पत्रकार सम्मेलनमा पुटिनले बशर अल–असद, रुसको आणविक कार्यक्रम, रुसमा बढ्दो मुद्रास्फीति र डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्नको जवाफ पनि दिएका थिए ।
पत्रकार सम्मेलनमा बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पनि पुटिनलाई प्रश्न सोधेका थिए । बोरिस येल्तसिनको कार्यकालको तुलनामा २५ वर्षपछि रुस राम्रो स्थितिमा पुगेको छ ? भनेर उनले सोधेका थिए । यसको जवाफमा पुटिनले रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको बताए ।
सिरिया र असदबारे सोधिएको प्रश्नमा उनले त्यहाँको अवस्था जटिल रहेको भने । तर सिरियामा घटेका घटना रुसको हार हो भन्ने नभएकोमा उनले जोड दिएका थिए ।
रुसले सिरियाका पूर्व राष्ट्रपति असदलाई समर्थन गरेको थियो । अहिले असद रुसको शरणमा छन् । असदलाई आफूले भेट्न नसकेको तर छिट्टै भेट्ने योजना रहेको पुटिनले बताए । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सोधिएको प्रश्नको जवाफमा भने उनले चार वर्षदेखि आफूहरूले भेटघाट नगरेका तर उनले चाहे भने आफू भेट्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ