बैशाखमा १९मा पुग्यो ‘झिल्को’
काठमाडौँ । यादवकुमार भट्टराई निर्देशित फिल्म ‘झिल्को’ १९ वैशाखमा प्रदर्शन हुने भएको छ । यसअघि आज (पुस ५) प्रदर्शन मिति तोकेको फिल्मको प्राविधिक कारणले प्रदर्शन सार्नु परेको निर्देशक भट्टराईले बताए ।
‘पोस्ट प्रोडक्सनमा समय लगाएर राम्रोसँग काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,’ भट्टराईले भने । ‘झोला’ र ‘भोर’पछि यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो ।
फिल्ममा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललगायतको अभिनय छ । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या, त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको हो ।
सती प्रथाको कथामा ‘झोला’ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर’ बनाएका थिए।
‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।
फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको सङ्गीत छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्म मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ बनाउँदा एक जनाको मृत्यु, २ जना घाइते
-
लक्ष्मी ग्रुपको ५१औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम
-
जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, रवि विरुद्ध आइतबार मात्र
-
शिक्षण अस्पताल नजिकै फेला परेको प्रेसर कुकर बम डिस्पोज
-
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दुई चरणमा हुने
-
भुटानको यू–१६ महिला टोलीसँग हार्यो नेपाली टोली