शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

प्रथम 'गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१' को उत्कृष्ट ५ सार्वजनिक

शुक्रबार, ०५ पुस २०८१, ०७ : २७
शुक्रबार, ०५ पुस २०८१

काठमाडाैँ । गलबन्दी म्युजिक प्रा.लि. को आयोजनामा हुन लागेको ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ अन्तर्गत उत्कृष्ट ५ सार्वजनिक भएको छ । 

कार्यालयमा भएको कार्यक्रममा विभिन्न ४४ विद्याहरूमा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो । कार्यक्रमको निर्णायक वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ गायक तथा सङ्गीतकार बी.बी अनुरागी, लोक गायक राजु परियारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

उत्कृष्ट ५ का मनोनयनहरू यस प्रकार रहेका छन् ।

  • सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत

१. थानेश्वर गौतम, मुटु भित्र नेपाल ,

२ जेनिशा गौतम, वीरताको देश

३ मनमाया पङ्गेनी, स्वर्ग जस्तो यो धर्तीलाई

४ शिशिर योगी, भ्रष्टाचारको चपेटामा देश

५ सुमित खड्का, कता छ स्वर्ग

  • सर्वोत्कृष्ट लोक दोहोरी गायक

१ खेम सेन्चुरी, तल्लो बाटो

२ सुमन परियार, राम सिता

३ चेतन गोतामे, हासेको फोटो

४ श्याम राना, बज्यो साढे ९

५ अर्जुन सापकोटा, बस्यौ अलक्कै

  • सर्वोत्कृष्ट लोकदोहोरी गायिका

१ शान्ति श्री परियार, गोर्खे खुकुरि

२.शान्ता रानी परियार, ढले,ढले

३ रुचा पुन मगर, साइँली

४ देवी आले, जाले रुमाल मायालाई बैना

५ सुनिता बुढा क्षेत्री, रहरले हैन मायालु

  • सर्वोत्कृष्ट लय सिर्जना

१.नन्दु परियार, जान्छौ र माइली

२.अनिस दवाडी, तिम्रो त यो दुनियाँ छ

३ पुरुषोत्तम गैह्रे,, ए झन्

४ यज्ञ सापकोटा, चर्को लाग्यो घाम

५ डोलराज परियार, गलकोटमा घुम्टेको लेक

  • सर्वोत्कृष्ट लोकदोहोरी शब्द सिर्जना

१.नेत्र अर्याल, रहरले हैन मायालु

२.प्रसाद लामिछाने, लेकमा गुराँस

३.तेजस रेग्मी, चन्द्र कुमारी

४.मञ्जित पहाडी, आशु बिक्ने सहर छैन

५.विक्रम बाबु विश्वकर्मा, नन्दनी

  • सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष

१.देवेन्द्र बब्लु,तिम्रो त यो दुनियाँ छ

२.शिशिर पौडेल, ओ जाम हिन

३.अभिषेक खड्का, गोर्खे खुकुरी

४.रमेश थापा, घर त गैरी गाउँ

५.टिका भुजेल, शतुर सहायौँ

  • सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

१.जुना विश्वकर्मा, ढले ढले

२.अञ्जली अधिकारी, गाई खाने

३.जुना गुरुङ, युके बस्ने माया

४.अस्मिता रनपाल, बिजुलीको तार

५.आयुष्मा कार्की, मेरो आश मेटेर

  • सर्वोत्कृष्ट लोकदोहोरी एरेन्जर

१.सुनिल परियार, बम्बै जाने रेलैमा

२.सुदिप सागर, मुटु कटक्कै

३. श्याम श्वेत रसाइली, कश्मीरे पछ्र्याैरी

४.पुर्ण संयोग, रुँदै हिन भन्दी

५.यम थापा मगर, सान्नानी

  • सर्वोत्कृष्ट लोकदोहोरी नव गायक

१.शीतल गुरुङ, युके लन्डनको

२.सिद्धार्थ आले, मनैमा हजुर

३.विवेक धिताल, सुन्दर बजार कटेसी कुन्छा

४.गोबिन्द पौडेल, मुना मदन

५.शालिकराम पौडेल, झल्को आएर

  • सर्वोकृष्ट लोकदोहोरी नव गायिका

१.अञ्जु विश्वकर्मा, फुल केशरी

२.भावना मगर, आँसु बिक्ने सहर छैन

३.शर्मिला तामाङ, पिपल पलायो

४.निकी थापा, मुटु काट्यो

५.मेनुका सोनी, कुरा सिधा हो

  • सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायक

१.यान प्रसाद न्यौपाने

२.प्रेम अर्याल

३ रेशमा निर्दोष

४ चिज गुरुङ

५ नवराज काप्रि

  • सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायिका

१.ईब्शल सन्ज्याल

२.अस्मिता डल्लाकोटी

३. आशा बिसी

४.मञ्जु बिक

५.राशि रिजाल

  • सर्वोकृष्ट लोकदोहोरी नव मोडल पुरुष

१ अनिल पौडेल, माया आउने बस

२.रायन बस्याल, घामको झुल्को

३.प्रभातपल ठकुरी, कन्या राशि

४.कुमार सुनिल, रातो भाले

५.भूपेन्द्र घर्ती मगर, नसोध हालखबर

  • सर्वोकृष्ट लोकदोहोरी नव मोडल महिला

१.करिश्मा साही, फुल रशैले

२.निहारिका थापा, तिम्रो नयाँ जिन्दगी

३.कोमल नेपाली, फुल रसैको

४.उत्साह घिमिरे, पोखरामा साइँली

५.धनिमाला बुढा मगर, ऐना टल्केको

  • सर्वोकृष्ट नव सर्जक

१.अनिल चन्द, कसम माया

२.विजय क्षेत्री, नौजाले

३.रिया भट्राइ, माया तिमी बिना

४.सिताराम भुसाल, तिम्रै आँगनमा

५.प्रेम विरही थापा, चोखा माया

  • सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक

१.विशाल घिमिरे, तिम्रो त यो दुनियाँ छ

२ .दीपेन्द्र तिमिल्सिना, घर त गैरि गाउँ

३. जेरी भण्डारी, बाडुल्की लाउँदैन किन

४.मदन खड्का, तिम्रो नयाँ जिन्दगी

५.राजेश भण्डारी, बज्यो साढे ९

  • सर्वोकृष्ट लोकदोहोरी नृत्य निर्देशक

१.मौसमी हिमाली, कश्मीरे पछ्यौरी

२.सुनिल क्षेत्री, हेर त ऐनामा

३.गम्भीर विष्ट, ए केटा

४.स्मृति तिमिल्सिना, सै लाहुरे

५.प्रशान्त मगर, ढले ढले

  • सर्वोकृष्ट लोकदोहोरी छायाकार

१.नवराज उप्रेती, ढले ढले

२.दुर्गा पौडेल, फुल माया

३.करण चैसिर, तिमी बस्ने सहरैमा

४ बुद्ध थापा, ए आमा जाम भन्यो मलाई

५.सुरेश श्रेष्ठ, रेलै सलल

  • सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक

१.प्रवीण भट्ट, मुटु कटक्कै

२.सुजन कोइराला, कलियुगको राधाकृष्ण

३ नवीन घर्ती मगर, रेसम

४.मनोज कार्की, हियारै

५.अमृत चापागाईँ, ओ जाम हिँड

  • सर्वोकृष्ट श्रृङगार

१. श्याम मल्ल, लमजुङे ठाडो भाका

२.विमला तामाङ, हियारै

३ सरिता मगर, कश्मीरे पछ्यौरी

४. रोशन भुसाल, दरम खोला

५.मिनाक्षी भट्टराई, देश छोड्ने लर्को

  • सर्वोकृष्ट ध्वनि सम्पादक

१.श्यामश्वेत रसाइली, अतीतका यादहरू

२.एचबिएन किस्मत, फुल माया

३.खड्ग बाजुराली, हियारै

४.सुकुराम रसाइली, रोकिन्छ यो सास

५.विमल छिनाल, सान्नानी

  • सर्वोकृष्ट आधुनिक गायक

१ पबिन्द्र सुनार, पैसा

२. कृष्णसमिप सुबेदी, ए भन्दे बतास

३ गोबिन्द गुरुङ, जान्दिन हे प्रियतम

४.राज सिग्देल, रुनलाई त होनी

५. प्रमोद खरेल, कस्तो थिए कस्तो भए

  • सर्वोकृष्ट आधुनिक गायिका

१.मेलिना राई, हो रिमै हो

२. अस्मिता अधिकारी, फुलै फुल दिन्छौकी

३. प्रबिशा अधिकारी, बिस्तारै बिस्तारै

४. अन्जु पन्त, अतीतका यादहरू

५.रचना रिमाल, भन साइँला –२

  • सर्वोकृष्ट आधुनिक सङ्गीतकार

१. सुनिल बिसी, विष पिउन मन लाग्छ

२. नेहर बुढाथोकी, दिउला नि माया हितैको

३.रिषि खड्का, पिलपिल आशु

४.विशाल निरौला, मैले खोजको तिमि जस्तै

५. रोशन सिंह, कस्तो थिए कस्तो भए

  • सर्वोकृष्ट आधुनिक गीतकार

१ ईन्द्र बहादुर देवकोटा, बनफुल मनफुल

२. गीता गिरि, पहारि फुल

३.कला सेरेङ, अतीतका यादहरू

४.सिएल शर्मा, आधा दुख घटाएर

५.विश्वराज रसाइली, पानीको तिर्खा

  • सर्वोकृष्ट आधुनिक नव गायक

१.सुप्रिम मल्ल ठकुरी, फुलै फुल दिन्छौ कि

२.मिन बिश्कर्मा, रामप्यारी

३.नकेन्द्र रोका, हिउँ बस्यो हिमालमा

४.नेहर बुढाथोकी, दिउला नि माया हितैको

५ अर्जुन रोकाय, व्यथा कर्णाली

  • सर्वोकृष्ट आधुनिक नव गायिका

१.बेनिशा पौडेल, सधैँ यस्ता मिठा कुरा

२. मेलिना मैनाली, रित्ती जाने बैशको

३.पूजा देवकोटा, हेल्लो सानी

४ बेनिशा शङ्कर, फर्की आऊ साइँला

५.सिम्रन परियार, भूपू माया

  • सर्वोकृष्ट आधुनिक मोडल पुरुष

१.विमल अधिकारी, यही त होनी माया

२.मरिचमान श्रेष्ठ, निरमोही

३.जीवन कुमार ज्ञवाली, कलकल माया

४ .विक्रम बुढाथोकी, कस्तो थिए कस्तो भए

५.सनम कठायत, किन मरिन म

  • सर्वोकृष्ट आधुनिक मोडल महिला

१.अन्जु चौलागाई, ए लड्की हसितो फसि

२.पुजन घिमिरे, निरमोही

३.केकी अधिकारी, रित्ति जाने बैशको

४.शिल्पा पोख्रेल, टिलपिल आशु

५.रोशनी कार्की, रुनलाई त होनी

  • सर्वोकृष्ट आधुनिक नव मोडल महिला

१.सदिच्छा पाण्डे, आशुको मूल्य

२. अनिमा विश्वकर्मा, बाचा

३.स्नेहा जोशी, जाले रुमाल

४.दिया गिरि, रोएर कोही आफ्नो

५ सनसाईन सन्जु, झरी

  • सर्वोकृष्ट आधुनिक नव मोडल पुरुष

१.रमेश विश्वकर्मा, माया गर्ने तरिका

२. अश्विन विष्ट, पैसा

३ प्रभात पल ठकुरी, हल्का हल्का

४.अंशु बर्मा, सिन्दूर फेर्न मिल्छ र

५.दीपेन्द्रराज गिरि, मेरो भाग्यमा

  • सर्वोकृष्ट आधुनिक भिडियो निर्देशक

१.दीपेन्द्र तिमिल्सीना, ए मायालु

२. विक्रम चौहान, सिन्दूर फेर्न मिल्छ

३. रामजी लामिछाने, बस्छौ भने दिल

४ विकास प्रसाईँ, बदला लिन्न

५. बबिता श्रेष्ठ, कस्तो थिए कस्तो भए

  • सर्वोकृष्ट आधुनिक सम्पादक

१.विकास ज्ञवाली, यही त होनी माया

२.मनोज कार्की, ए मायालु

३.मिलन विश्वकर्मा, सिन्दूर फेर्न मिल्छ

४.दिन्शन शाह, मेरो कोही त छ

५ .सुजन कोइराला, माया आफै बस्छ

  • सर्वोकृष्ट आधुनिक छायाकार

१. अजय रेग्मी, किन यस्तो भो

२.उत्तम हुमागाईँ, धोकेबाज

३.प्रकाश खड्का, सिन्दूर फेर्न मिल्छ

४.दिनेश पराजुली, विष पिउन मन लाग्छ

५.राजेश घिमिरे, यही त होनी माया

  • सर्वोकृष्ट आधुनिक एरेन्जर

१.विशाल निरौला, कस्तो थिए कस्तो भयो

२.सुदिप सागर, तिमी बिना

३.कमल सौराग, यही त होनी माया

४.रमेश सेन्चुरी, रुनलाई त होनी माया

५. कृष्ण केसी, भिरको बाटो

  • सर्वोकृष्ट चलचित्र गीत

१.रुकुममैकोट –खुश्मा

२.बे्रकअप–छक्कापञ्जा ५

३.रैया चाँदीको – पूर्ण बहादुरको सारङ्गी

४.दर्शन गरे –पुजार सार्की

५.कसम बत्तीको –ज्वाईसाव

  • सर्वोकृष्ट चलचित्र गायक

१.निशान भट्टराई, कसम बत्तीका

२.आशिष अबिरल, रैया चाँदीको

३.प्रकाश सपुत, दर्शन गरे

४.एस डि योगी, रुकुमैकोट

५ बाबुल गिरी, ब्रेकअप

  • सर्वोकृष्ट चलचित्र गायिका

१.समिक्षा अधिकारी, कसम बत्तिको

२.मेलिना राई, रैया चाँदीको

३.शान्ति श्री परियार, रुकुमैकोट

४. अस्मिता अधिकारी, काले केटाले

५ .बेनिशा पौडेल, बिहे भएको छैन

  • सर्वोकृष्ट चलचित्र गीतकार

१.नवराज पन्त, रैया चाँदीको

२.एकनारायण भण्डारी, काले केटाले

३.हर्क साउद, दर्शक गरे

४.सुरेन्द्र राना, रुकुममैकोट

५ प्रशान्त शिवाकोटी, काधेकुरि

  • सर्वोकृष्ट चलचित्र सङ्गीतकार

१.अर्जुन पोख्रेल, कसम बत्तीको

२.करणराज कार्की, दर्शन गरे

३. एस डि योगी, रुकुममैकोट

४.दीपक शर्मा, बिहे भाको छैन

५. प्रशान्त शिवाकोटी, काधेकुरि

  • सर्वोकृष्ट चलचित्र नायक

१.अनमोल केसी, फर्की फर्की

२.प्रदीप खड्का, पुजार सार्की

३.दयाहाङ राई दिमाग खराब

४.विजय बराल, पूर्णबहादुरको सारङ्गी

५.विपिन कार्की, माहाजात्रा

  • सर्वोकृष्ट चलचित्र नायिका

१.अन्जना बराईली, पूर्णबहादुरको सारङ्गी

२. स्वास्तिमा खड्का, बेहुली फ्रम मेघौली

३.वर्षा शिवाकोटी, छक्का पञ्जा ५

४.आश्चल शर्मा, डिग्री माइला

५.वर्षा रावत, माहाजात्रा

  • सर्वोकृष्ट चलचित्र निर्देशक

१.निश्चल बस्नेत, दिमाग खराब

२.प्रदीप भट्टराई, माहाजात्रा

३.रामबाबु गुरुङ, डिग्री माइला

४.दीपेन्द्र के खनाल, भष्मे डन

५.दिपाश्री निरौला, छक्का पञ्जा ५

  • सर्वोकृष्ट चलचित्र छायाकार

१.शुसन प्रजापति, दिमाग खराब

२.हरि हुमागाईँ, छक्का पञ्जा ५

३.पुरुषोत्तम प्रधान, माहाजात्रा

४.महेश पौडेल, १२ गाउँ

५.कबिर लाल, ह्रस्व दीर्घ्र

“कला, संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाली कला, भाषा, चलचित्र र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशील कलाकर्मी तथा प्राविधिकलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु अवार्डको मूल उद्देश्य रहेको बताइएको छ । 

त्यस्तै, समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने स्रष्टा तथा कलाकर्मीमध्ये एक जनालाई– नगद राशिसहित ‘सामाजिक परिवर्तनकारी स्रष्टा तथा कलाकर्मी सम्मान’, नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने एकजना पर्वतारोहीलाई ’गलबन्दी पर्यटन सम्मान’ र नेपाली चलचित्र तथा गीत–सङ्गीत क्षेत्रको प्रवर्धनमा विशेष योगदान पुर्याएका एक सञ्चार कर्मीलाई ‘गलबन्दी रङ्ग पत्रकारिता’ सम्मान प्रदान गरिने बताइएको छ ।  अवार्ड वितरण माघ १२ गते हुने आयोजक पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप