आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
शुक्रबार, ०५ पुस २०८१, ०४ : ५५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणले यस फिडरअन्तर्गत ती स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् शताब्दीकै शक्तिशाली १० भूकम्प
-
बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो
-
वरिष्ठ पत्रकार कोइरालाको आज अन्त्येष्टि गरिने
-
धर्मले विभेद र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति
-
विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन
-
राष्ट्रियसभाको बैठक बस्दै : के-के छन् कार्यसूची ?