आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
आज विक्रम संवत २०८१ साल पौष ५ गते, शुक्रबार । ईश्वी सन् २०२४ डिसेम्बर २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–पंचमी, १४ घडी ५७ पला, दिउँसो १२ बजेर ५० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मघा, ५८ घडी ९ पला, रातको ६ बजेर ७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–विष्कुम्भ, ३५ घडी ४० पला, बेलुकी ९ बजेर ७ मिनेट उप्रान्त प्रिती । करण–तैतिल, दिउसो १२ बजेर ५० मिनेट उप्रान्त गर, रातको १ बजेर २१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–सिंह । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ११ मिनेट । दिनमान २५ घडी ५० पला ।
आजको बार बेला
बिहान ०६ बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५२ मिनेटदेखि बिहान ८ बजेर ९ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १० मिनेटदेखि बिहान ९ बजेर २६ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २७ मिनेटदेखि बिहान १० बजेर ४४ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४५ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर १९ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर २० मिनेटदेखि दिउँसो २ बजेर ३६ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो २ बजेर ३७ मिनेटदेखि दिउँसो ३ बजेर ५४ मिनेटसम्म चर बेला ।
दिउँसो ३ बजेर ५५ मिनेटदेखि बेलुकी ६ बजेर ५४ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ४३ मिनेटदेखि दिउँसो १२ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ३ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । नोकरीमा बढोत्तरीको योग रहेको छ ।
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाइने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) गलत लेखाइ अथवा गलत बुझाइले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साही हुन खोज्दा नराम्रो घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भए पनि अन्तत एक अर्कालाई विश्वास गर्दै अघि बढ्न सकिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लाग्ने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । लामो दुरीको सांगितिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
सिहं (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । र, पनि अध्ययन वा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा स्थानान्तरणको योग रहेको छ । व्यापारबाट लाभ लिन सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य सामाग्री तथा औषधिजन्य सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा सत्रुबाट छुटकारा पाइनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आषा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मुल्य पाइने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्यक्तिहरुको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकाले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होइनेछ । तरपनि प्रेम सम्बन्ध वा पारिवारिक सम्बन्धका जालो प्रगाढ भएर जानेछ । नोकरीमा बढुवा वा सम्मान पाइनेछ । व्यापार व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भें) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विषेश सामान तथा उपहार प्राप्त हुने योग छ । पढाइकै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार वा नोकरीबाट फाइदा हुनेछ । अध्ययनमा सुधार भएर जाने योग छ । स्वास्थ्यमा सामान्य समस्या आए पनि हल गर्दै अगाडि बढ्न सकिनेछ । दिदिबहिनीहरुको सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । चिट्ठा तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आम्दानीमा बृद्धि हुने हुँदा दैनिकक जीवन सहज रुपमा जीउन सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) विपरीत लिङगप्रतिको आकर्षण बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोगमार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरु तपाईंको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । अध्ययनमा मन नजादा वा अल्छि गर्नाले नतिजा अरुले नै हात पार्नेछन् । ऋण, रोग तथा सत्रुको सामाना गर्नुपर्दा मन खिन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट खासै सहयोग पाइने छैन ।
तपाईंको दिन शुभ रहोस् ।
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स
-
विकासमा पनि राजनीतिकरण भयो
-
हचुवामा योजना छान्ने प्रवृत्ति
-
जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु
-
आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
मुग्लिन–पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप