म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
शुक्रबार, ०५ पुस २०८१, ०४ : १६

काठमाडौं । टोटनह्याम हट्स्पर एएफएल अर्थात् काराबाओ कप फुटबलको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा बिहीबार राती भएको क्वार्टरफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई ४-३ ले हराउँदै टोटनह्याम सेमीफाइनलमा पुगेको हो ।
टोटनह्यामका लागि डोमिनिक सोलंकीले दुई गोल गर्दा सङ ह्युन मिन र डिजन कुलुसेब्स्कीले एक-एक गोल गरे । म्यानयुका जिर्कजी, ड्यानिलो र इभान्सले गोल फर्काए । योसँगै काराबाओ कपको सेमीफाइनल समीकरण पूरा भएको छ । यसअघि लिभरपुल, आर्सनल र न्यूक्यासल युनाइटेड सेमीफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो