देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
_svMIGQTFOh.jpg)
काठमाडौँ । मुलुकका विभिन्न चार स्थानको तापक्रम आज माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले केही दिन अघिको तुलनामा आज न्यूनतम तापक्रम केही बढी भए पनि चार ठाउँको न्यूनतम तापक्रम भने माइनसमा रहेको जानकारी दिए ।
महाशाखाका अनुसार जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्यूनतम तापक्रम माइनसमा छ । आज साँझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस दुई दशमलव पाँच, जिरीको माइनस शून्य दशमलव सात र लुक्लाको माइनस एक डिग्री रहेको छ ।
यसअघि मङ्सिर २९ गते जुम्लाको तापक्रम माइनस सात दशमलव दुई डिग्रीसम्म झरेको थियो । सोही दिन काठमाडौँमा न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई डिग्रीमा झरेको थियो । तर आज भने काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार मङ्सिर अन्तिम साताभन्दा आज न्यूनतम तापक्रम केही माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ । आज वीरेन्द्रनगरको पाँच दशमलव छ, नेपालगञ्जको १० दशमलव दुई, भैरहवाको १०, पोखराको आठ, विराटनगरको १० दशमलव पाँच र ताप्लेजुङको न्यूनतम तापक्रम छ दशमलव पाँच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय