राजनीति
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
बिहीबार, ०४ पुस २०८१, २१ : ००

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ ।
गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबिच छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिए । उनका अनुसार छलफल सकारात्मक भएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्ने बताएका छन् ।
अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गरेका हुन् । एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन संवाद गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल