पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारी प्रशासन शाखाले पद अनुसार आचरण र मर्यादा पालन गर्न भन्दै कर्मचारीलाई निर्देशन जारी गरेको छ । पछिल्लो समय सचिवालयमा कार्यरत केही कर्मचारीहरू जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, हाजिर गरेर कार्यालयमा पूरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने, अनुशासन र आज्ञापालन नगर्ने गरेको भन्दै प्रशासन शाखाले निर्देशन जारी गरेको हो ।
शाखा अधिकृत पवन महतद्वारा हस्ताक्षर गरिएको सूचनामा कार्यालयको कामकारबाहीको सम्बन्धमा सम्बन्धित शाखा वा पदाधिकारीसमक्ष गुनासो नराखी सामाजिक सञ्जाल लगायतका अनौपचारिक फोरमहरुमा अनावश्यक टीकाटिप्पणी र अमर्यादितरुपले प्रस्तुत भएको उल्लेख छ ।
‘कर्मचारीले पदीय अनुकूलको आचरण पालना नगरेको देखिएमा कानुनद्वारा दण्डनीय हुने हुँदा सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अनुशासन तथा आचरण विपरीतका कार्यहरू नगर्नु नगराउनुहुन र सूचनाको अवज्ञा गरी अनुशासन तथा आचरण विपरीतका कार्यहरू गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने बेहोरा सम्पूर्ण कर्मचारीलाई जानकारी गराइन्छ‚’ सूचनामा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती