घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
बिहीबार, ०४ पुस २०८१, १७ : ४४

पोखरा । कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै ४ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ४ जनालाई हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग१ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा बिहीबार दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।
उनीहरुमध्ये घाइते एक महिलाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । घाइतेहरूमध्ये पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमा कुमारी खत्री र नमिता खत्रीको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । चालक गाडीबाट झरेपछि गाडी पछाडि सरेर दुर्घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?