घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
काठमाडौँ । आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा देखिएको शिथिलता हट्दै गएको छ । आर्थिक क्षेत्रमा समस्या कायमै रहेको अवस्थामा घरजग्गाको कारोबार भने बढ्दै गएको हो । मंसिर महिनामा मात्रै घरजग्गाको कारोबारको मुख्य सूचक मानिने नामसारीको सङ्ख्या करिब ४५ प्रतिशतले बढेको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा देशभरमा ४ हजार ६९४ वटा घरजग्गा नामसारी भएको छ । अघिल्लो वर्षको मंसिर महिनामा ३ हजार २२४ वटा मात्रै जग्गा नामसारी भएको थियो ।
मंसिरको कारोबारसँगै यो अवधिमा कारोबारको कुल सङ्ख्या १८ हजार ९४१ पुगेको छ । यो अघिल्लो वर्ष पाँच महिनाको तुलनामा ३८.३९ प्रतिशत बढी हो । यसअघि कात्तिकमा ३ हजार ३६२ असोजमा २ हजार ८३५ भदौमा ३ हजार ८८८ र साउनमा ४ हजार १६२ पटक घरजग्गाको नामसारी भएको थियो ।
अघिल्लो वर्ष चार पाँच महिनामा १३ हजार ६८६ कारोबार भएको थियो । त्यसमध्ये मंसिरमा ३ हजार २२४ यसअघि कात्तिकमा १ हजार २२३ असोजमा ३ हजार २३७ भदौमा २ हजार ८४३ र साउनमा ३ हजार १५९ पटक घरजग्गाको नामसारी भएको थियो ।
- रोक्का फुकुवाको अवस्थामा पनि सुधार
विभागका अनुसार पाँच महिनाको अवधिमा १ लाख ५९ हजार ३९० पटक जग्गा रोक्काको काम हुँदा १ लाख २४ हजार ५५९ वटा फुकुवा भएका छन् । जग्गा रोक्कालाई ऋण लिएको र फुकुवालाई ऋण तिरेको मान्ने हो भने यो अवधिमा जग्गा धितोमा करिब ३५ हजार वटा नयाँ ऋण गएको देखिन्छ । अघिल्लो वर्ष रोक्का र फुकुवाको सङ्ख्या क्रमशः १ लाख ५३ हजार ६९० र १ लाख १९ हजार २१० रहेको थियो । जसमा खुद रोक्का ३४ हजार ४८० वटा रहेको देखिन्छ ।
विभागका अनुसार यो मंसिर महिनामा मात्रै ३५ हजार १४६ पटक जग्गा रोक्का हुँदा २७ हजार ४९५ पटक फुकुवा भएको छ । अघिल्लो वर्षको मंसिरमा २९ हजार ६२६ पटक रोक्का हुँदा २५ हजार ४५४ पटक जग्गाको फुकुवा गरिएको थियो ।
त्यस्तै, कात्तिक महिनामा यो वर्ष २५ हजार ३० पटक रोक्का र २१ हजार ८०५ पटक फुकुवा भएको थियो जबकि अघिल्लो वर्ष यो सङ्ख्या क्रमशः १८ हजार ५९३ पटक र १५ हजार १५९ रहेको थियो ।
असोजमा यो वर्ष ३२ हजार ७३६ वटा रोक्का र २० हजार ९२३ वटा फुकुवा हुँदा अघिल्लो वर्ष यो सङ्ख्या क्रमशः ४१ हजार ९०५ वटा र २८ हजार १६० वटा रहेको थियो ।
भदौ महिनामा यो वर्ष ३६ हजार ८१९ वटा रोक्का र २५ हजार २६१ वटा फुकुवा भएको छ । अघिल्लो वर्ष एक महिनामा ३५ हजार ४३६ वटा रोक्का र २४ हजार १४ वटा फुकुवा भएको थियो ।
साउनमा भने यो वर्ष २९ हजार ६५९ वटा रोक्का हुँदा २९ हजार ७५ वटा फुकुवा भएका छन् । अघिल्लो वर्ष २८ हजार १३० वटा जग्गा रोक्का र २६ हजार ४२३ वटा फुकुवा भएका थिए ।
- यस्तो छ राजश्व संकलन
निश्चित अवधिमा कति बराबरको जग्गा कारोबार भयो भन्नेबारे मालपोत कार्यालयहरूले तथ्यांक प्रकाशित गर्ने गरेका छैनन् । जग्गाको न्यूनतम मूल्यांकन र कारोबार गरिएको मूल्य फरक फरक हुने र कतिपय अवस्थामा वास्तविक कारोबार मूल्य र घोषित कारोबार मूल्य समे फरक फरक हुने गरेको छ । सरकारले भने न्यूनतम मूल्यांकनभन्दा कम नहुने गरी जग्गा कारोबारमा राजश्व संकलन गर्ने गरेको छ ।
मंसिर महिनामा मात्रै जग्गाको कारोबारबाट कुल ३ अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये सबैभन्दा धेरै रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ६३ करोड, पुँजीगत लाभकरबापत १ अर्ब ३१ करोड, सेवा करबापत २६ करोड संकलन हुँदा ३७ करोड रुपैयाँ बराबरको छुट दिइएको छ ।
अघिल्लो वर्षको मंसिर महिनामा जग्गाको कारोबारबाट कुल २ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ९५ करोड, पुँजीगत लाभकरबापत ९६ करोड, सेवा करबापत २२ करोड संकलन हुँदा ३१ करोड रुपैयाँ बराबरको छुट दिइएको छ ।
काठमाडौँ उपत्यकामा अहिले कलंकी, चाबहिल, साँखु, लगनखेल, भक्तपुर, डिल्लीबजार, साँखु, टोखा र गोटीखेलमा मालपोत कार्यालय रहेका छन् । ती कार्यालयहरूमा अघिल्लो वर्ष कुल ३४३ वटा नामसारी भएकोमा यो वर्ष उक्त सङ्ख्या ४०४ वटा पुगेको छ । यो महिनामा भक्तपुर मालपोत जग्गाको सबैभन्दा धेरै नामसारी गर्ने कार्यालयको रूपमा अगाडि आएको छ ।
भक्तपुरमा घरजग्गा कारोबारमा संलग्न अनुप बस्नेत पछिल्लो समय जग्गाको मूल्य घटेको र आर्थिक अवस्था सुधारोन्मुख रहेका कारण यसअघि जग्गा किन्ने योजना बनाएर पनि स्थगित गरेकाहरूले अहिले किन्न सुरु गरेको बताउँछन् । खासगरी सुविधा पुगेका तर, मुख्य राजमार्गभन्दा टाढाको तुलनात्मक रूपमा सस्तो जग्गामा अहिले आकर्षण देखिएको उनको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत
-
अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड
-
रुपन्देही जिल्ला अदालतमा रविको बयान सुरु