बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जिसेल पेलिको बलात्कार मुद्दामा पूर्व पतिलाई २० वर्षको जेल सजाय

बिहीबार, ०४ पुस २०८१, १६ : ३०
बिहीबार, ०४ पुस २०८१

पेरिस । फ्रान्सको एउटा अदालतले बिहीबार जिजेल पेलिकोको बलात्कार मामिलामा उनका पूर्वपति डोमिनिक पेलिकोलाई दोषी ठहर गरेको छ । अदालतले डोमिनिकसहित ५० जना अभियुक्तहरूलाई सजाय पनि सुनाएको छ । 

सहआरोपी जाँ–पियरे मार्चलकी श्रीमती सिलियालाई बलात्कार गर्ने प्रयास गरेको र आफ्नी छोरी क्यारोलिन तथा बुहारीहरू अरोर र सेलिनको अभद्र तस्बिरहरू खिचेको आरोपमा पनि अदालतले डोमिनिक पेलिकोलाई दोषी ठहर्‍याएको छ ।

आफ्नी श्रीमतीलाई बलात्कार गरेको आरोपमा अदालतले जाँ–पियरे मार्सललाई पनि पाँच वर्षको जेल सजाय सुनाएको छ । यस मुद्दामा डोमिनिक पेलिकोलाई २० वर्ष र जाँ–पियरे मार्सललाई १२ वर्षको सजाय सुनाइएको थियो । यस मुद्दामा ५० जनालाई अभियुक्त बनाइएको थियो । अदालतले उनीहरूलाई एकपछि अर्को गरी सजाय सुनाइरहेको छ ।

सुनुवाइका क्रममा जेसेल पेलिको आफ्नो टाउको भित्तामा टाँसेर उभिएकी थिइन् । सजाय सुनाउँदा वातावरणमा खासै उत्साह भने थिएन । अभियोजन पक्षले जति सजाय दिलाउन माग गरेको थियो, अदालतले सबै दोषीलाई त्यो भन्दा कम सजाय दिएको छ । सजायविरुद्ध पुनरावेदन गर्न १० दिनको समय दिएको छ । सबै दोषीलाई जेल पठाउनुअघि आफ्ना वकिलहरूसँग भेट्न दिइनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप