मन्त्रिपरिषद बैठक स्थगित
बिहीबार, ०४ पुस २०८१, १६ : ०७
![मन्त्रिपरिषद बैठक स्थगित](https://npcdn.ratopati.com/media/news/cabinet_qLNLCCP4xV.jpg)
काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठक स्थगित भएको श्रोतले जनाएको छ ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो । साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको थियो ।