यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु
![यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/yemen_F0bxHN0XLX.jpg)
सना । इजरायलले गरेको तीव्र हवाई आक्रमणमा यमनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । हुथीको नियन्त्रणमा रहेको सञ्चार माध्यमले यस्तो बताएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
इजरायलले बिजुली घर, लाल सागरस्थित रास इसा तेल टर्मिनल र सलीफ बन्दरगाहलाई निशाना बनाएको बताइएको थियो । हमलामा सलीफ बन्दरगाहमा सात र तेल टर्मिनलमा दुई जनाको मृत्यु भएको बताइएको छ । यसअघि यमननले इजरायलमा हुथीहरूको मिसाइल दागेको थियो । यसलाई इजरायलले रोकेको थियो ।
टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले पनि यमनमा आक्रमणको पुष्टि गरेको छ । आफ्ना युद्धक विमानहरूले हुथी विद्रोही समूहको बारम्बारको आक्रमणको जवाफ दिएको इजरायली सेनाले बताएको छ । सेनाका अनुसार इजरायली वायुसेनाले दुई चरणमा १४ वटा लडाकु विमानबाट हुथीका ठेगानाहरूमा आक्रमण गरेको थियो ।
सेनाले पहिलो हमलामा रेड सीमा रहेको रस इसा तेल टर्मिनल र सलिफ बन्दरगाहलाई निशाना बनाएको थियो । बन्दरगाहमा पानीजहाज ल्याउन प्रयोग गरिएका आठ डुङ्गाहरू आक्रमणमा ध्वस्त भएका छन् । यसपछि दोस्रो चरणमा राजधानी सानाका दुई पावर स्टेशनलाई निशाना बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन