३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
बिहीबार, ०४ पुस २०८१, १५ : १६

काठमाडौँ । साताको अन्तिम कारोबार दिन, बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३१.४३ अंकले घटेको छ । २६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै २५९६ बिन्दुमा झरेको हो ।
समग्रमा बजार घटे पनि बिहीबार २९ कम्पनीको सेयर मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यसैगरी सामुदायिक लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बिहीबार २११ कम्पनीको मूल्य घट्यो । नारायणी विकास बैंकको मूल्य ९.२१ प्रतिशतले घटेको छ । कारोबार रकमका हिसाबले बिहीबार जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा