अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
![अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/accident-durghatana-acc-cartoon_nrzrx5tby7_ghoteaka0f_0P2eITVZNi.webp)
काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटनामा परेका छन् । अधिकारीहरूका अनुसार यस घटनामा कम्तीमा ५० जनाको मृत्यु भएका छन् भने र अरू दर्जनौँ घाइते भएका छन् ।
दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा भएको बताइएको छ । घटना बुधबार अबेर रातमा भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ नजिक इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएको थियो ।
अर्को घटनामा अन्धर जिल्लामा ट्रकसँग बस ठोक्किएको थियो । यी दुई दुर्घटनामा ५० जनाको मृत्यु भएको गाज्नी प्रान्तका गभर्नरका प्रवक्ताले भनेका छन् । तालिबान सरकारका प्रवक्ताले पनि दुर्घटनामा कूल ५२ जनाको मृत्यु भएको र अरू ६५ जना घाइते भएको बताएका छन् । अन्य अधिकारीहरूले घाइतेको संख्या ७६ जनासम्म पुगेको भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'