मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन

मनाङ । निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।
भेलामा बोल्दै सांसद गुरुङले भने, “मनाङ प्राकृतिक सम्पदाको भण्डार हो, यहॉ जलविद्युत् बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना छ, जलविद्युत् आयोजनाले यसमा सहयोग पुग्नेछ ।” एक सय ३५ मेगावाटको आयोजना निर्माण बिना अवरोध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको उनले बताए ।
यस आयोजनाले मनाङवासीका लागि कोभिड– १९ को बेला र बाढी पहिरोको समयमा सहयोग गरेको र हालै मात्र बेँसीसहर–चामे सडकको स्तारोन्नति गरिरहेको जनाएको छ । आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो स्थानहरुमा विस्तार सुरु गरेको छ ।
सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीका पाँच प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकद्वारा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न
-
पतिको ह्वाट्सएप ह्याक गरेर पक्राउ गराइन् महिलाले
-
अब युक्रेनले चित्त बुझाउनुको विकल्प छैन
-
स्वर्गीय दीपक बोहराको पार्थिव शरीर भैरहवा लगिने, फेरि काठमाडौँ ल्याएर भोलि अन्त्येष्टि
-
लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने भाटभटेनीका सुरक्षा गार्डलाई सम्मान गरिने
-
वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह