बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह

बिहीबार, ०४ पुस २०८१, १३ : २०
बिहीबार, ०४ पुस २०८१

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ । नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शङ्कास्पद पोस्टहरू देखिएको भन्दै प्रहरीले त्यस्ता पोस्टहरू क्लिक नगर्न सबैलाई अनुरोध गरेको हो । 

यस्ता पोस्टहरू विभिन्न व्यक्तिहरूलाई आउने गरेको गुनासो बढेको भन्दै प्रहरी प्रधान कार्यालयले  त्यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिकता नबुझी झुटा प्रलोभनमा नपर्न सबैसँग अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप