सिरिया छाड्ने तयारी गर्दैछ रुस ?

दमस्कस । रुसले सिरियाबाट आफ्ना सैन्य उपकरणहरू ओसार्न थालेको संकेत मिलेको छ । स्याटलाइटबाट खिचिएका तस्बिरको विश्लेषण गरेर विश्लेषकहरूले यस्तो निचोड निकालेको समाचारमा उल्लेख छ ।
सिरियामा रुसको नियन्त्रणमा रहेको बन्दरगाह र हवाई बेसमा सैन्य सवारी साधन थुप्रिएको तस्बिरहरूमा देखिन्छ । यसलाई रुसले आंशिक रूपमा सिरिया छाड्न लागेको रूपमा पनि अर्थ्याइएको छ ।
हवाई बेस भएको स्थानतिर रुसी सैन्य ट्रकको लस्कर नै गइरहेको भिडियो आफूले पुष्टि गरेको बीबीसीले बताएको छ । युद्धबारे अध्ययन गर्ने वासिङ्टन स्थित संस्था आईएसडब्ल्यूले पनि यसलाई सिरियामा रुसी सेनाको उपस्थिति कटौती गर्ने वा पूरै निकाल्ने तयारी भएको उल्लेख गरेको छ ।
मस्कोले दमस्कसमा नयाँ सरकारसँग वार्ता गरिरहँदा सावधानीका लागि यी कदम चालिएको हुन सक्ने आईएसडब्ल्यूले बताएको छ । बशर अल–असद सत्तामा रहँदा सिरियामा रुसी सेनाको बाक्लो उपस्थिति थियो । सन् २०११ मा गृह युद्ध शुरु भएयता असुलाई सत्तामा टिकाइरहन रुसले निकै सघाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत