फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
वासिङटन डीसी । धर्तीमा ओर्लिन अमेरिकी अन्तरिक्ष यात्रीद्वय सुनिता विलियम्स र बुच विलमोरले अझै अरू समय कुर्नु पर्ने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनीहरूलाई घर फर्काउन अझै अरू समय लाग्ने भनेको छ ।
यी दुवै जना गएको जुनमा ८ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा गएका थिए । चढेर गएको बोइङको स्टारलाइन यानमा समस्या आएपछि उनीहरूलाई फर्काउने योजना बारम्बार तुहियो ।
केही महिना अन्तरिक्षमा बसेर उक्त विमान रित्तै पृथ्वीमा आयो । नासाले यी दुबैलाई अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको यानमा आगामी वर्षको फेब्रुअरीमा उनीहरू फर्काउने पक्का पक्की भएको थियो । तर आईएसएसमा नयाँ अन्तरिक्ष यानको लन्चमा ढिलाइ भएपछि अन्तरिक्षयात्रीको यो जोडी मार्चको अन्त्य वा अप्रिलसम्म नफर्किन भएका छन् ।
यसमा भएको ढिलाइले दुवैको ज्यानमा कुनै जोखिम उत्पन्न नगर्ने नासाले भनेको छ । नोभेम्बरमा नासाले यी दुबैका लागि भने आईएसएसमा दुई पटक सामान कुरियर गरेको थियो । उनीहरूलाई चाहिने खाना, पानी, लत्ताकपडादेखि अक्सिजनसम्म सबै कुरा पर्याप्त भएको बताइएको छ । अधिकांश अन्तरिक्ष मिसन ५ महिनासम्म चल्छ । केही भने एउटा पूरा वर्षसम्म पनि चल्छ ।
आठ दिनका लागि मात्रै भनेर गएका बुच र सुनिताको बसाई लम्ब्याउँदा कुनै समस्या नहुने ओपन युनिभर्सिटीका डा. सिमेअन बार्बर भन्छन् । यी दुवै जना आउनु अघि नयाँ क्रुलाई आईएसएसमा पठाउनु पर्नेछ । यो मिसन एक डेढ महिनाले पछाडि धकेलिएको नासाले भनेको छ । नासाले अन्तरिक्ष यात्रीको समूहलाई २०२५ को फेब्रुअरीमा मात्रै आईएसएसमा पठाउँदै छ । सुनिता र बुच यिनै अन्तरिक्ष यात्री बोकेर गएको यानमा पृथ्वीमा फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !