मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

आगलागीमा परी १० लाख बढीको क्षति

बिहीबार, ०४ पुस २०८१, १२ : ४६
बिहीबार, ०४ पुस २०८१

महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा  १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो । 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो ।  गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप