आइएमएफबाट कर्जा लिन बिट्क्वाइन नीतिमा कटौती गर्न एल सल्भाडोर राजी
![आइएमएफबाट कर्जा लिन बिट्क्वाइन नीतिमा कटौती गर्न एल सल्भाडोर राजी](https://npcdn.ratopati.com/media/news/bitcoin_bCHdQYODO8.webp)
सान साल्भाडोर । मध्य अमेरिकी मुलुक एल साल्भाडोर आफ्नो विवादास्पद बिट्क्वाइन नीतिमा कटौती गर्न राजी भएको छ । बहुपक्षीय कर्जादाता निकाय ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ (आईएफएफ)बाट १ अर्ब ४० करोड डलर बराबरको कर्जा लिन त्यहाँको सरकारले विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनमा लगानीको नीति कटौती गर्न सहमत भएको हो ।
सन् २०२१ मा एल साभल्भाडोर विट्क्वाइनलाई कानूनी मुद्राको मान्यता दिने विश्वको पहिलो देश बनेको थियो । व्यवसायहरूलाई बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय गर्न दिइएकोले बिट्क्वाइन अपनाउँदाको जोखिम केही कम भएको पनि आईएमएफले भनेको छ ।
यसै हप्ता बिट्क्वाइनको भाउ गोटाकै १ लाख ८ हजार डलरको कीर्तिमानी स्तरमा उक्लिएको थियो । यो भनेको नेपाली रुपैयाँमा १ करोड ४७ लाखभन्दा बढी हो । कोषको नीति अनुसार नै बिट्क्वाइन परियोजनामा हुन सक्ने सम्भावित जोखिमहरू उल्लेख्य रूपमा घटेको कोषको भनाई छ ।
यो सम्झौतालाई कोषको कार्यकारी समितिले अनुमोदन गर्न बाँकी छ । कोषले साल्भाडोरका राष्ट्रपति नायिब बुकेलीको क्रिप्टो–मैत्री नीतिको विरोध गरेका थियो । यो नीति नै कोषले साल्भाडोरलाई वित्तीय उपलब्ध गराउने बाटोमा तगारो बन्न सक्ने चेतावनी कोषले दिएको थियो । नोभेम्बरमा अमेरिकाको राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जित हात पारेयता बिट्क्वाइनको भाउ बढेको थियो ।
त्यतिबेला सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै बुकेलीले आफ्नो खुसी व्यक्त गरेका थिए । यो महिनाको सुरुमा बिट्क्वाइनको भाउ १ लाख डलरमाथि उक्लिएपछि उनले आफ्नो देशसँग रहेको बिट्क्वाइनको भाउ दोब्बर भन्दा धेरै भएको बताएका थिए । पछिल्लो समय बिट्वाइन १ लाख डलर आसपास किनबेच भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुस द्वन्द्वबारे मोदी - शान्तिको पक्षमा छ भारत
-
फागुनमा ९ फिल्म : निर्माण वृद्धिको प्रभाव कि व्यावसायिक आस ?
-
धानखेती छाडेर व्यावसायिक सुर्तीखेती
-
आईपीएलको पहिलो खेलमा कोलकाता र बैंगलोर भिड्ने
-
भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा
-
भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन