एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय

काठमाडौँ । एकैदिन ९ कम्पनीको लाभांश तथा साधारणसभासम्बन्धी घोषणा भएका छन् । बिहीबार दोस्रो बजारमा सूचीकृत कम्पनीले सो सम्बन्धमा निर्णय गरेको नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।
यसरी निर्णय गर्ने कम्पनीहरुमा शिवम् सिमेन्ट, विजय लघुवित्त, कृषि विकास बैंक, माउन्टेन हाइड्रो, राप्ती हाइड्रो, मञ्जुश्री फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।
शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । शिवमले यही पुस २९ गते बिहान ९ बजो राष्ट्रिय सभागृहमा बस्नेगरी साधारणसभा बोलाएको छ । यसका लागि पुस १७ गते बुक क्लोजको मिति तय गरिएको छ ।
सर्वोत्तम सिमेन्टले यो वर्ष ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त कम्पनीले पुस २६ गते भैरहवास्थित एक होटलमा बस्नेगरी साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि पुस १२ गतेलाई बुक क्लोजको मिति तय गरिएको छ ।
मञ्जुश्री फाइनान्सले पुस २८ गतेका लागि साधारणसभा बोलाएको छ । यसअघि नै ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले साधारणसभा बोलाउँदै पुस ११ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।
बुटवल पावर कम्पनीले पनि पुस २८ का लागि साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेका लागि बुक क्लोजको मिति समेत तोकेको छ । कम्पनीले यसअघि नै ५ प्रतिशत नगद लाभांशको घोषणा गरिसकेको छ ।
कृषि विकास बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले साधारणसभाको मिति घोषणा गर्न बाँकी छ ।
माउन्टेन हाइड्रोले यसपटक कुनै पजि लाभांश घोषणा नगरी साधारणसभा बोलाएको छ । एक्त कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको हो । यसका लागि पुस ११ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ ।
विजय लघुवित्तले पनि यसपटक कुनै लाभांश घोषणा गरेको छैन । बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश बिना नै साधारणसभा बोलाउनेगरी राष्ट्र बैंकको स्वीकृति लिने निर्णय गरेको हो ।
गणपति लघुवित्तले पनि यसपटक कुनै पनि लाभांश नदिने भएको छ । यो प्रस्तावसँगै साधारणसभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिनेछ । प्रादेशिक स्तरको विकास बैंकको रुपमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकले यसपटक कुनै पनि लाभांश नदिने प्रस्ताव गर्दै साधारणसभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनी ऐनको व्यवस्था बमोजिम प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ । साधारणसभाभन्दा कम्तीमा २१ दिनअघि साधारणसभा आह्वान गर्नुपर्ने भएकोले लाभांश घोषणा तथा साधारणसभा आह्वानको क्रम बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा