शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
कैलाली । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइराला शुक्रबारदेखि सुदूरपश्चिमका कार्यक्रममा सहभागी हुने भएका छ । कोइरालाको निजी सचिवालयका अनुसार सुदूरपश्चिममा रहँदा उनले धनगढीमा नौ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।
डा. कोइरालाले शुक्रबार धनगढीमा सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुने सचिवालयले बतायो ।
यस्तै कोइरालाले पुस ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँग भेटघाट गर्नेछन् । सोही दिन दिउँसो डा. कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डा. शेखर कोइरालासँगै नेताहरू हृदयराम थानी, डा. गोबिन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेता कोइरालाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्ता धनगढीमा भेट्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने