ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
बिहीबार, ०४ पुस २०८१, ११ : १७
![ओस्कारबाट बाहिरियो ‘शाम्बाला’](https://npcdn.ratopati.com/media/news/capture_pDcLW1EfEF.jpg)
काठमाडौँ । ९७औं ओस्कार अवार्डबाट फिल्म ‘शाम्बाला’ बाहिरिएको छ । नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस फिल्म उत्कृष्ट १५ फिल्मको सर्टलिस्टमा समेत पर्न सकेन ।
बुधबार अस्कर आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको सर्टलिस्टमा ‘शाम्बाला’ सहभागी छैन । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ केही अगाडि नेपालमा प्रदर्शनमा आएको थियो ।
फिल्मले अस्ट्रेलियाको एसिया प्यासिफिक अवार्डमा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड, भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, टर्कीको बोसफोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक