१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजनालाई युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हुन् । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । चन्द्रागिरी नगरपालिका–१० सतुंगल स्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।
आरोपीको साथबाट मृतकको मोबाइल बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थिइन् । हत्याको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह