कुञ्ज थियटरमा नाटक ‘यशस्वी भवः’
बिहीबार, ०४ पुस २०८१, ११ : ०९

काठमाडौंँ । नाटक ‘यशस्वी भवः’ को मञ्चन सुरु भएको छ । थापागाउँ स्थित कुञ्ज नाटकघर बुधबारदेखि नाटकको मञ्चन सुरु भएको हो ।
शनिबार (पुस ६ गते)सम्म चल्ने नाटकको लेखक तथा निर्देशक राम के.ए.सी.रहेका छन् । अग्रज, वर्तमान र अनुज गरी तीन पुस्ताबिचको त्रिकोणात्मक सम्बन्धमा तीनै पुस्ताको मनोवैज्ञानिक अन्तर्सम्बन्ध देखाउन खोजिएको निर्देशक के.ए.सीले बताए ।
रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ , एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगर कलाकारको रुपमा रहेको नाटक सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा निर्माण भएको हो ।
नाटक हरेक दिन बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई सो मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी
-
सिंहदरबार वैद्यखानाबाट औषधीको उत्पादन बढाउन मन्त्री पौडेलको आग्रह