टिकटकबारे अन्तिम सुनुवाइ गर्न तयार भयो अमेरिकी सर्वोच्च अदालत
![टिकटकबारे अन्तिम सुनुवाइ गर्न तयार भयो अमेरिकी सर्वोच्च अदालत](https://npcdn.ratopati.com/media/news/capture_KyZbLKroWR.png)
वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको विषयमा अन्तिम क्षणमा सुनुवाइ गर्न तयार भएको छ । टिकटकको माउ कम्पनी बाइटडान्सले जनवरी १९ अघि अमेरिकामा रहेको टिकटकको व्यवसाय बेचेन भने यो प्रतिबन्धमा पर्नेछ । अदालतले कम्पनीलाई किन प्रतिबन्ध नलगाउने वा अमेरिकामा यसलाई किन बेच्नु पर्ने भन्नेबारे टिकटकको दलिलहरूमाथि अन्तिम पटक सुनुवाइ गर्नेछ ।
एप चीन सरकारसँग जोडिएको, यसले अमेरिकीहरूको जासुसी गर्ने र अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने अमेरिका सरकारको आरोप छ । तर बाइटडान्सले भने यी आरोपहरूको खण्डन गर्दै आएको छ । सर्वोच्च अदालतले कानुनविरुद्ध गएर उमाथि लगाएको प्रतिबन्धमा अस्थायी रूपमा रोक लगाउन टिकटकले गरेको माग स्वीकार गरेको छैन । तर यसले टिकटक र बाइटडान्सलाई जनवरी १० मा उनीहरूको दलिल राख्ने अवसर दिएको छ । यो भनेको प्रतिबन्ध लागु हुनु ९ दिन अगाडि हो ।
डिसेम्बरको सुरुमा सङ्घीय पुनरावेदन अदालतले विधेयक उल्ट्याउने प्रयास खारेज गरेको थियो । सर्वोच्च अदालत अमेरिकाको उच्च कानुनी निकाय हो । हरेक वर्ष सर्वोच्चमा ७ हजार भन्दा धेरै याचिका दायर हुन्छन् । तर यसले वर्षभरिमा सय वटा मात्रै मुद्दाको सुनवाइ गर्छ ।
त्यसैले पनि अदालतले टिकटकको याचिकालाई महत्त्व दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि भने अमेरिकी प्रयोगकर्ताहरूको वाक स्वतन्त्रतामा प्रभाव पार्न सक्ने भएकोले एपमाथिको प्रतिबन्ध असंवैधानिक भएको तर्क टिकटकले दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान