बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी

बिहीबार, ०४ पुस २०८१, १० : ४८
बिहीबार, ०४ पुस २०८१

इस्लामवाद । पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि यस सम्बन्धमा विज्ञप्ति जारी गरेका छन् । 

जारी गरेको विज्ञप्तिमा पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसको खतरालाई ध्यानमा राख्दै कार्यकारी आदेश अन्तर्गत चार पाकिस्तानी संस्थामाथि प्रतिबन्ध लगाइएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बताएको भन्दै बीबीसी उर्दूले भनेको छ ।

‘अमेरिकाले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रममा संलग्न चार घरेलु कम्पनीहरूलाई प्रतिबन्धमा राखेको छ । हामी हाम्रा चिन्ताहरू बारे स्पष्ट र सुसङ्गत छौँ, र हामी यी मुद्दाहरूमा पाकिस्तानसँग कुराकानी जारी राख्नेछौँ,’ म्याथ्यू मिलरले उक्त पोस्टमा लेखका छन् । 

अमेरिकाले प्रतिबन्ध लगाएका चार पाकिस्तानी कम्पनीहरू नेशनल डेभलपमेन्ट कम्प्लेक्स, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेशनल र रकसाइड इन्टरप्राइज भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप