प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
काठमाडौँ । फ्रान्सेली लिग फुटबलको बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सफलता हात पारेको छ । लिग लिडर पीएसजीले आफ्नो पछिल्लो खेलमा मोनाकोलाई ४–२ गोलले हराएको हो ।
खेलमा सफलता हात पारे पनि पीएसजीका लागि बुधबार रातिको खेल दुःख बन्न पुग्यो । खेलका क्रममा पीएसजीका प्रभावशाली गोलरक्षक जियानलुइगी डोनारुमा गम्भीर रुपमा घाइते भए । विपक्षी खेलाडीको बुटले अनुहारमा चोट लागेपछि गोलरक्षक डोनारुमा घाइते भएका हुन् ।
अनुहारमा गम्भीर चोट लागेपछि गोलरक्षक डोनारुलाई प्रतिस्थापन गर्नु परेको थियो । खेलका क्रममा मोनाकोका डिफेन्डर विल्फ्रेड सिङ्गोको बुटले डोनारुमाको अनुहारमा चोट लागेको थियो । त्यसपछि डोनारुमाको स्थानमा पीएसजीको गोल पोष्ट म्याट्वे सफोनोभले सम्हालको थिए ।
यद्दपि, रेफ्रीले मोनाकोका डिफेन्डर विल्फ्रेडलाई रातो कार्ड देखाएका थिएनन् । यसप्रति पीएसजीका प्रशिक्षक लुइस एनरिकले भने असन्तुष्टि ब्यक्त गरे । ‘घटना हामी सबैले देखेका छौँ । डोनारुमा गम्भीर घाइते भएका छन् । तर, म रेफ्रीको निर्णयको विषयमा केही बोल्न चाहन्न,’ प्रशिक्षक एनरिकले भने ।
खेल सुरु भएको २४औँ मिनेटमा डिजायर डुले पीएसजीका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा पीएसजी अगाडि रह्यो । निर्धारित समयको ५३औँ मिनेटमा मोनाकोका एलिस बेन सेगिरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए ।
निर्धारित समयको ६०औँ मिनेटमा ब्रिल एम्बोलोले मोनाकोलाई २–१ गोलको अग्रता दिलाए । ६४औँ मिनेटमा पीएसजीका उस्मान डेम्बेलले खेललाई २–२ को बराबरीमा ल्याए । निर्धारित समयको ८३औँ मिनेटमा गोन्कालो रामोसले पीएसजीलाई ३–२ गोलले अगाडि बढाए ।
दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा डेम्बेलले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि पीएसजी सजिलै थप तीन अंक बटुल्न सफल भयो । खेलको अन्त्यतिर मोनाकोका प्रशिक्षक एडी हटरले रातो कार्ड पाएका थिए ।
जितसँगै पीएसजीले लिग तालिकामा आफ्नो निकट्तम प्रतिद्वन्द्वी मार्सेसँग १० अंकको अग्रता हासिल गरेको छ । १६ खेल खेलेको पीएसजी ४० अंकसहित पहिलो र १५ खेल खेलेको मार्से ३० अंकसहित दोस्रो स्थानमा आसिन छन् । १६ खेलबाट ३० अंक हात पारेको मोनाको तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी