मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गएराति मेलम्ची खानेपानी बितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतको एरियामा स्थलगत रुपमा पुग्नु भई छड्के अनुगमन गर्दै मन्त्री यादवले पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गरी नागरिकलाई चाडो शुद्ध मेलम्चीको पानी बितरण गर्न निर्देशन दिएका हुन् ।
उनले भने, “पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्नुस्, नागरिकले शुद्ध पानी पाए नपाएको बारे घर घरै गएर बुझनु होला ।”
यसैगरी नयाँ पाइपलाइन मध्ये केहि केही ठाउँमा पानी लिकेज भई चुहावट भईरहेकाले सो चुहावटलाई मर्मत गरी पानी सुचारु गरी अन्तिम परीक्षण कार्य सम्पन गर्न समेत मन्त्री यादवले मातहतका कर्मचारी एवं कामदारहरुलाई निर्देशन दिए ।
काठमाडौँ उपत्यकामा सहज रुपमा मेल्मचीको पानी बितरणका लागि खानेपानीका नयाँ पाइपलाइन बिछ्याउन थालिएको छ । सोही क्रममा मन्त्री यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
उक्त छड्के अनुगमनमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने