चार बजे मन्त्रिपरिषद् बैठक
बिहीबार, ०४ पुस २०८१, १० : ०७

काठमाडौँ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।
‘मन्त्रिपरिषद् बैठकका एजेन्डा के के भन्ने त खुलेको छैन तर कुलमानबारे प्रश्न उठिरहेका छन्, त्यसबारे केही छलफल हुनसक्छ’, एक मन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेस
-
कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
-
अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता