‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
बुटवल। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गरेको छ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।
मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेका गोही प्रजनन केन्द्र, बाघ–गैँडा उद्धार केन्द्र, हात्तीसारको बिहीबार बिहान अवलोकन गरेका छन् ।
पर्यटन लुम्बिनी प्रदेशको समृद्धि र विकासको आधार रहेको भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी पर्यटन सर्किटको अवधारणा अघि सार्दै आएका छन् ।
बर्दियामा पर्यटकको सङ्ख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्य सहित प्रदेश सरकारले घुम्न जाऊँ बर्दिया अभियान सुरु गर्न थालेको हो ।
बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको हो ।
घुम्न जाऊँ बर्दिया एक वर्षे अभियान हो । बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धित पक्षसँग समन्वय गरिने छ ।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत प्रदेश सरकारका मन्त्री, सांसद तथा पर्यटन व्यवसायी, निजी क्षेत्रका प्रतिनिधिहरू बर्दिया पुगेमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे