विश्व जनसङ्ख्या दिवस र परिवार व्यवस्थापन
भूमिदत्त पौडेल
विश्व जनसङ्ख्या दिवसमा मानव जनसङ्ख्यासँग सम्बन्धित समस्याहरूको समाधान र व्यवस्थापनका विषयवस्तुहरूमा लामो समयदेखि छलफल भइराखेको छ । त्यस्ता मानव जनसङ्ख्यासँग सम्बन्धित विषयवस्तुहरूमा बालक, किशोर किशोरी, युवा युवती, प्रौढ, वृद्ध, प्रजनन् स्वास्थ्य, जनसङ्ख्या र वातावरण, परिवार नियोजन, जनसङ्ख्या र विकास जस्ता धेरै क्षेत्रहरू समेटिन्छन् ।
प्रत्येक वर्ष जुलाई ११ तारिकमा मनाइने विश्व जनसङ्ख्या दिवसमा यो वर्षको सार परिवार व्यवस्थापनका विषयमा निकै चर्चा भएको पाइन्छ ।
पृथ्वीमा मानव जनसङ्ख्याको उच्च वृद्धिको समय सन् १६५० देखि सन् २००० सम्मको अवधिलाई मान्न सकिन्छ । २१औँ शताब्दी भने जनसङ्ख्या वृद्धिको कारणले भन्दा पनि विगतदेखि नै जनसङ्ख्या व्यवस्थापनमा भएका कमी कम्जोरीका कारण चुनौतीपूर्ण रहेकामा जनसङ्ख्याविद्हरू एकमत छन । हाल प्रति १२÷१३ वर्षमा १ अर्ब जनसङ्ख्या थपिने गरेकोमा सो समयमा सन् २०२३ देखि वृद्धि हुने अनुमान संयुतm राष्ट्र सङ्घको जनसङ्ख्या विभागले गरेको छ । यस सन्दर्भमा यस वर्षको विश्व जनसङ्ख्या दिवशको नाराको सार जनसङ्ख्या नियन्त्रणभन्दा पनि जनसङ्ख्या व्यवस्थापन हो ।
परिवार नियोजनले जनसङ्ख्या नियन्त्रणका लागि जन्मदर घटाउन विवाहित दम्पत्तिलाई परिवार नियोजनका साधनको प्रयोगबारे सुसुचित गर्न जोड दिन्छ । तर परिवार व्यवस्थापनले परिवारमा बालबालिका, किशोरी, युवायुवती, प्रौढ, वृद्ध सबैको उमेर र आवश्यकता अनुसारको व्यवस्थापनमा जोड दिन्छ । त्यसै पक्षलाई आधार मानेर यस वर्षको सार परिवार व्यवस्थापन (फेम्ली प्लानिङ) मा निम्न विषयवस्तु समावेश गरिएको छ ।
क) परिवार व्यवस्थापनमा खर्च गरौँः परिवारका सम्पूर्ण उमेरका सदस्य अनुसारका उचित आवश्यकता पूर्ति तथा व्यवस्थापनमा लगानी गर्नुपर्दछ । जन्मदर घटाउन भन्दा पनि उमेर अनुसारका आवश्यकता जस्तै; शिक्षा, स्वास्थ्य, खाना, नाना, बास, पेसा जस्ता अनिवार्य आवश्यकताको साथमा बच्चादेखि वृद्धका अशल र कर्मशील नागरिक बन्न चाहिने पक्षको गुणस्तरीयतासहितको परिपूर्तिका लागि लगानी गरौँ । परिवार व्यवस्थापनका विभिन्न पक्षहरू र आवश्यकताहरूमा जति व्यवस्थित तवरले खर्च गर्न सक्यो, परिवार त्यति नै सबल बन्दछ ।
ख) परिवार व्यवस्थापन मानव अधिकारको रूपमाः परिवारका सदस्यहरूको उचित आवश्यकता र उनीहरूको सही व्यवस्थापन मानव अधिकारका रूपमा हुन्छ । जस्तो हिजो परिवारका सदस्यलाई खाना, नाना र बास पहिलो आवश्यकताको रूपमा हुन्थ्योे भने आज शिक्षा, स्वास्थय, सहज वातावरणसमेत अनिवार्य आवश्यकताका रूपमा व्यवस्थापन गर्नुपर्ने विषयमा विश्व स्वस्थ्य सङ्गठनले घोषणा गरिसकेको छ । तसर्थ अबको समय परिवार व्यवस्थापन मानव अधिकारको रूपमा हो । परिवार मात्रै होइन, आवश्यकता र व्यवस्थापन अनिवार्य हुनुपर्दछ ।
ग) परिवार व्यवस्थापन र आवश्यकताहरूको परिपूर्ति ः परिवारलाई उचित तवरले व्यवस्थापन गने सन्दर्भमा अनगिन्ति आवश्यकताहरूको परिपूर्ति गर्नुपर्ने हुन्छ । जन्मदर नियन्त्रणका लागि परिवार नियोजनका साधनको माग एउटा पाटो मात्र हो । तर परिवारका सदस्यका आवश्यकता त्योभन्दा फरक र अति महत्वपूर्ण आवश्यकताका क्षेत्र हुन् । परिवारका सदस्यका लागि शिक्षा, स्वास्थ्य, खाना, नाना, बास र समय अनुसारको समाजमा प्रतिस्पर्धा गराउन सक्ने क्षमता परिवारमुलीमा हुनुपर्दछ । परिवारमुलीले सदस्यको उमेर, लिङ्ग र क्षमताअनुसारका आवश्यकतालाई परिपूर्ति गर्न सक्दा मात्र परिवार गुणस्तरीय बन्दछ ।
घ) परिवार व्यवस्थापन र किशोरीहरू ः परिवार व्यवस्थापनमा उमेर अनुसारको व्यवस्थापन महत्वपूर्ण र अनिवार्य हुन्छ । विभिन्न समाजमा हेर्दा गरिब, विपन्न र अशिक्षित समाजमा किशोरीहरू यौनजन्य हिम्सालगायतबाट बढी जोखिममा हुने हुँदा उनीहरूलाई सुरक्षित गर्नु महत्वपूर्ण काम हो । यसको साथै बालक, वृद्ध, महिला, पुरुष सबैको उचित तवरबाट व्यवस्थापन गर्न सक्दा मात्र परिवार परिवार जस्तो बन्न सक्दछ ।
ङ) अभावमा परिवारको व्यवस्थापन ः परिवारमुलीका लागि परिवार व्यवस्थापन जुनसुकै समयमा पनि अति महत्वपूर्ण र अनिवार्य काम हो । तर हाम्रो जस्ता गरिब र विपन्न देशमा अभावमा परिवारको व्यवस्थापन अझ गहन बन्दछ । त्यस्ता अभावहरू दैविक विपत्तिले अझ बढी निम्त्याउँछन् । उदाहारणका लागि नेपालको वि.स. २०७२ को भूकम्पले धेरै परिवारलाई विचलित तुल्यायो । त्यसमा पनि विपन्न परिपवारको त अझ बढी विजोग भयो । उनीहरूको व्यवस्थापन बढी चुनौतीपूर्ण रह्यो । त्यस्ता परिवारका कतिपय सदस्यहरू हाल पनि घर न घाटको अवस्थामा दिन बिताउन बाध्य छन् । तसर्थ अभावमा परिवार व्यवस्थापन एउटा महत्वपूर्ण जटिल कार्य हो ।
च) परिवार व्यवस्थापन र सामाजिक आर्थिक विकास ः परिवार व्यवस्थापनको अर्को महत्वपूर्ण कार्य भनेको परिवारका सदस्यहरूको सामाजिक आर्थिक विकास गर्नु हो । सामाजिक आर्थिक विकासमा एउटा मानव जन्मदेखि बढ्ने हुर्कने सामाजिक, सांस्कृतिक संस्कार ग्रहण गर्ने र आर्थिक उन्नतिका कार्यमा सक्षमतासाथ संलग्न हुने पक्षहरू पर्छन् । त्यस्ता कार्यका लागि परिवारभित्रको वातावरण, बोली चाली व्यवहारदेखि लिएर सामाजिक वातावरणको पनि महत्वपूर्ण हात हुन्छ । हामी परिवारमा जस्तो वातावरण निर्माण गर्न सक्दछौँ, त्यस्तै; दक्ष वा अदक्ष सदस्यको निर्माण गर्छाैँ । तसर्थ परिवार व्यवस्थापनका लागि सामाजिक आर्थिक विकास महत्वपूर्ण मेरुदण्ड हो ।
छ) परिवार व्यवस्थापन र जनसाङ्ख्यिक नाफा : परिवार व्यवस्थापनमा जनसाङ्ख्यिक नाफा अर्थात् नयाँ पिढीको व्यवस्थापन अति महत्वपूर्ण पक्ष हो । जुन परिवारमा बालबालिकाहरू अर्थात नयाँ बच्चालाई उचित वातावरण दिएर हुर्काइन्छ, सो परिवार व्यवस्थित र समाजमा उत्कृष्टता हासिल गर्दै जान्छ । यसले समाजलाई मार्गदर्शन पनि गर्दछ र परिवारका सदस्यको उचित व्यवस्थापन गर्न पनि सघाउँछ । साथै परिवारको उन्नतिमा पनि प्रशस्त पथहरू निर्माण गर्दछ । तसर्थ परिवारमा थपिने सदस्यहरू परिवार व्यवस्थापनका महत्वपूर्ण भाग हुन् । उनीहरूबाट नै परिवार सक्षम र सबल हुने आधारका ढोकाहरू खुल्दछन् ।
ज) परिवार व्यवस्थापन दिगो विकास लक्ष्य ५ को अभिन्न अङ्गका रूपमा ः सन् २०१६ देखि २०३० सम्मका लागि निर्मित दिगो विकास लक्ष्यमा रहेका १७ लक्ष्य मध्ये नं ५ लक्ष्यले लैङ््िगक समानताका लागि काम गर्दछ । परिवारको व्यवस्थापनमा लैङ्गिक समानता अति महत्वपूर्ण र अनिवार्य कार्य हो । जुन परिवारमा परिवारका सदस्यबीच लैङ्गिक विभेद हुँदैन सो परिवारमा खुसी त्यति नै उच्च हुन्छ । दिगो विकास लक्ष्य नं ५ को मूल मर्म भनेको परिवार, समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको विकास गर्नु नै हो । तसर्थ परिवार व्यवस्थापनमा दिगो विकास लक्ष्यका अरू धेरै लक्ष्यको महत्वपूर्ण स्थान हुने भएता पनि सभ्य र समतामूलक समाजको लागि लक्ष्य ५ अभिन्न अङगका रूपमा हुन्छ ।
अन्त्यमा समाजको विकास र परिवर्तनसँगै आजको आवश्यकता परिवार नियोजन भन्दा पनि परिवार व्यवस्थापन हो । यसको थालनी सबै उमेर समूहका सदस्यलाई सम्मानित तवरले परिवारभित्र नै व्यवस्थापन गर्न पहल गरौँ । छोरा, बुहारी, नाति नातिना सहरका महलमा बस्दा वृद्ध बाबुआमालाई एक्लै गाउँमा वा वृद्धाश्रममा बस्ने अवस्थाको अन्त्य गरौँ र आजको विश्व जनसङ्ख्या दिवसको मूल मर्मलाई सफल पार्न आफ्नै परिवार व्यवस्थापन गरेर हातेमालो गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप