लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
बिहीबार, ०४ पुस २०८१, ०५ : २७

काठमाडौं । प्रिमियर लिगको लिग लिडर लिभरपुलसहित आर्सन र न्यूक्यासल युनाइटेड इएफएल अर्थात् काराबाओ कपको सेमीफाइनलमा पुगेका छन् ।
बुधबार राती भएका खेलमा आर्सनले क्रिष्टल प्यालेसलाई ३-२ ले हराउँदै सेमीफाइन यात्रा तय गर्दा लिभरपुलले साउथह्याम्पटनलाई २-१ ले पाखा लगायो । यस्तै, न्यूक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई ३-१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
सान्द्रो टोनालीको दुई गोल मद्दतले न्यूक्यासलले सेन्ट जेम्स पार्कमा ब्रेन्टफोर्डविरुद्ध सहज जित निकालेको हो । सट्टेवाजीको नियम उल्लंघन गरेको आरोपमा १० महिना प्रतिबन्ध खेपेर फर्किएका टोनालीले सुरुवातदेखि नै उत्साहपूर्वक प्रदर्शन गरे ।
अब, बिहीबार राती टोटनह्याम हट्स्पर र म्यानचेस्टर युनाइटेडबीचको क्वार्टरफाइनल भिडन्तपछि काराबाओ कपको सेमीफाइनल समीकरण पूरा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन