स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
![स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल](https://npcdn.ratopati.com/media/news/aabukhairini-hosp1693101661_itfldzjzce_wP875S5ExU.jpg)
तनहुँ । तनहुँको पूर्वी नाकामा पर्ने आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्वास्थ्य सेवालाई मजबुद बनाएको छ । स्थानीय तहमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरेर ख्याति कमाएको यस अस्पतालले हेमोडायलासिसका साथै शल्यक्रियासहितको आमा सुरक्षा कार्यक्रम गर्न स्वीकृति पाएको हो ।
मङ्सिर महिनामा थप तीन वटा स्वास्थ्य सुविधाका लागि स्वास्थ्य सेवा विभागबाट अनुमति पाएपछि यस क्षेत्रका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । दमौली अस्पतालका सुपरीटेन्डेन एवं सर्जन डा.परिवर्तन बरालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले केही दिनअघि स्थानीय ५९ वर्षका माधवप्रसाद वाग्लेको हर्नियाको सफल शल्यक्रिया गरेको थियो ।
त्यसैगरी मिर्गौलाका बिरामीको डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागमा सूचीकृत भएपछि सेवा दिन सुरू गरेको सो अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिएका थिए ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा केही दिनअघि गएको टोलीले अस्पतालमा सेवा सञ्चालनका लागि सूचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको जनाएपछि मन्त्री पौडेलले सहजीकरण गरेका थिए ।
सेवा सूचीकृतका साथै अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा सघाउने मन्त्री पौडेलबाट आश्वासन पाउँदा थप हौसला मिलेको अध्यक्ष चुमानले बताए । साथै, स्वास्थ्य सेवा विभागको मङ्सिर २६ गतेको निर्णयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि अनुमति स्वीकृत प्रदान गरेको छ ।
उक्त कार्यक्रम लागू भएसँगै गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् । उक्त अस्पतालबाट तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही क्षेत्रका बासिन्दाले सेवा लिँदै आएको आँबुखैरेनी अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री