पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
बुधबार, ०३ पुस २०८१, २० : ५०

काठमाडौँ । नेकपा एमालेले यही पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ ।
महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा बुधबार केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठक राखेर यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल भएको महासचिव पोखरेलले जनाएका छन् ।
एमालेमा ३२ वटा केन्द्रीय विभाग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा किन अवैधानिक छ गाँजाको व्यावसायिक खेती ?
-
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी
-
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
-
क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शिक्षकहरूप्रति प्रधानमन्त्री किन भए आक्रोशित ?