मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
_Bk4QhGMa7a.png)
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ। बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल नामको डुङ्गा गेटवे अफ इन्डिया क्षेत्रबाट एलिफन्टा टापुतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
यसैबिच नीलकमलको डुङ्गा अर्को डुङ्गासँग ठोक्किएर पल्टिएको थियो । जानकारी अनुसार यो डुङ्गामा करिब ८० जना सवार थिए । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको थियो । भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय मछुवाहरू उद्धार कार्यमा जुटेका छन् ।
यस दुर्घटनाबारे मुख्यमन्त्री देवेन्द्र फडणवीसले भनेका छन्, ‘हामीले डुङ्गा दुर्घटनाको खबर पायौँ। त्यसपछि तत्कालै नौसेना, तटरक्षक, बन्दरगाह र प्रहरीको टोली सहयोगका लागि पठाइएको छ। हामी प्रहरी र स्थानीय प्रशासनसँग सम्पर्कमा छौँ। सौभाग्यवश, धेरैजसोको उद्धार गरिएको छ। यद्यपि उद्धार कार्य जारी छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान