बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?

बुधबार, ०३ पुस २०८१, २० : ०७
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । नेपालमा दैनिक करिब एक हजार राँगा र भैँसी मासुका लागि खपत हुने गरेको पाइएको छ । पशु वधशाला व्यवसायी संघका अनुसार एकदिनमा देशभर एक हजार राँगा र भैँसी मासुका लागि खपत हुने गर्दछन् । 

नेपालमा दैनिक एक हजार राँगा भैँसी बध भइरहेको तथ्याङ्क रहेको संघका महासचिव कृष्णहरि भट्ट बताउँछन् । ‘दैनिक एक हजारका हाराहारीमा राँगा र भैँसी खपत भइरहेको छ,’ उनले भने, ‘जाडोयाममा यो संख्या बढेर १५ सय पुग्छ ।’

उनले देशभर खपत हुने राँगा र भैँसीमध्ये आधाबढी काठमाडौँ उपत्यकामा खपत हुने गरेको दाबी गरे । उनले उपत्यकामा दैनिक ६ देखि ७ वटा राँगा र भैँसी खपत हुने सुनाए । नेपालमा करिब ३० लाख पशुपालन भइरहेको भट्टको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप