मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ

काठमाडौँ । पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो सुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन् ।
सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलनमा कप्तान आसिफले मिडल अर्डरमा राम्रो गर्न नसक्दा लक्ष्य दिन ३० देखि ४० रन कम भएको प्रतिक्रिया दिए ।
ब्याटिङमा जिमी निसामबाहेक कुनै एक खेलाडीले राम्रोसँग इनिङ अगाडि बढाउन नसकेको उनले उल्लेख गरे । उनले ब्याटिङमा दिएको जिम्मेवारी पूरा हुन नसक्दा राम्रो लक्ष्य प्रस्तुत गर्न नसकिएको बताए । जिमी निसामसँग स्ट्राइक रोटेट गर्ने गराउन लक्ष्य भएपनि अन्यले साथ नदिएको उनको भनाइ छ ।
उनले पछिल्ला केही खेलसँगै आज पनि बलिङ र ब्याटिङमा राम्रो गर्न नसकेको र यी पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सुदूरपश्चिमले कम गल्ती गर्दा हाबी भएको उनको बुझाइ छ । कर्णालीसँगको दोस्रो क्वालिफायरमा पनि कम गल्ती गरेर खेल्ने टोलीको जित सम्भव रहेको उनको भनाइ छ । उनले कर्णालीसँग पिचको अवस्थाअनुरूप खेल्नुपर्ने औँल्याएका छन् । सुदूरपश्चिमले प्रतियोगिताभर राम्रो खेल्दै आएको र बलियो टोली रहेको उनको भनाइ छ । यही टोलीलाई फाइनलमा हराउने पनि उनको लक्ष्य छ ।
सुदूरपश्चिमका लागि अर्धशतक प्रहार गरेका विनोद भण्डारीले यसअघि राम्रो सुरुआत पाएर पनि फिनिस गर्न नसकाले आज फिनिस गर्ने लक्ष्यसहित खेलेको बताए । उनले यसअघि सुदूरपश्चिमले राम्रो खेल्दै आएको र फाइनलमा पनि राम्रो खेल्ने विश्वास व्यक्त गरेका छन् । रन लिने क्रमका खुट्टामा दुखे पनि त्यति धेरै समस्या नरहेको उनले बताएका छन् । उनले सुरुको खेलदेखि नै पावर प्लेमा डोमिनेट गरेर खेल्ने रणनीति अपनाउँदै आएको उल्लेख गरेका छन् ।
विनोदले आफूहरूले सोचेभन्दा राम्रो साथ समर्थकबाट पाएको बताएका छन् । आजको पिचमा १६० रनसम्मको योगफल हुनसक्ने भएपनि जनकपुरले दबाबमा रहेर खेल्दा सम्भव नभएको उल्लेख गरेका छन् । उनले कप्तान दीपेन्द्र सिंह ऐरी नेपालकै उत्कृष्ट क्रिकेटर रहेको उल्लेख गरेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङमा दीपेन्द्रले गरेको प्रदर्शनबाट पनि उनको स्तरबारे थाहा हुने विनोदको भनाइ छ । कप्तानी जिम्मेवारी पनि दीपेन्दले धेरै राम्रो गरिरहेको विनोद बताउँछन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे