पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गरेको छ । बुधबारदेखि विभागले पूर्णरूपमा बायोमेट्रिक सिस्टम हटाएर आईरिस सिस्टम लागू गरेको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा बायोमेट्रिक हाजिरी लिँदा अनियमितता बढेको पाएपछि विभागले ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने निर्णय गरेको थियो । विभागले गत असोज १५ गतेदेखि उक्त प्रणाली लागू गर्ने भन्दै सूचना जारी गरेको थियो । तर, नमुना परीक्षण गरिएको दिन नै प्रणालीले काम नगरेपछि विभागले असोज २९ गतेका लागि सारेको थियो ।
उक्त समयमा प्राविधिक कारण देखाउँदै विभागले लागू गर्न सकेको थिएन । त्यो बेलासम्म बायोमेट्रिक र आईरिस दुवै सिस्टम लागू गरेको थियो । अबदेखि पूर्णरूपमा लागू भएको विभागले जनाएको छ ।
हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिँदै आएका छन् । पुरानै सिस्टम अनुसार तालिम नदिई तालिम लिएको प्रमाणपत्र लिने गरेको, एउटा व्यक्तिकै औँठाछापबाट धेरै जनाले तालिम लिएको देखाउने जस्ता विकृति थियो । विभागले गरेको अनुगमनको क्रममा समेत उक्त समस्या देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई निलम्बन गरेको थियो । विभागले कार्यविधि संशोधन गर्दै भौतिक पूर्वाधार सुधार गर्न भनेको थियो । त्यसका लागि व्यवसायीहरूले झण्डै १३ करोड थप लगानी गरेको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक