उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामूलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे । उनले नेपालको संविधान र कानुनमा क्रमिक रूपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएको भएपनि व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । दलित वर्गलाई राज्यका निकायहरूमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतीको विषय रहेको भन्दै उनले त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक रहेको बताए ।
सभापति देउवाले सदियौँदेखि उपेक्षित, उत्पीडित वर्गको राज्यमा समान हक र पहुँच बिना समृद्धिको नारा दिएर मात्रै देश अघि बढ्न नसक्ने बताए । सामाजिक र सांस्कृतिक रूपान्तरणको मुद्दालाई व्यवहारिक कार्यान्वयन गर्न सरकार, राजनीतिक दल, दलित समुदायसहित सिंगो समाज एकाकार भएर लाग्नुपर्ने बताए ।
उनले भने, ‘समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो । राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामूलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव हुन्छ । नेपालको संविधान र कानुनमा क्रमिक रूपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएका छन् । तर यसको व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन जरुरी छ ।’
सभापति देउवाले दलित वर्गको हक, अधिकार र समावेशिताको विषय दलित समुदायको मात्रै नभइ गैरदलित समुदायको पनि विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमेडियन सुन्दर खनाल : व्यक्ति एक, क्यारिकेचर अनेक
-
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा कारण देखाउ आदेश, अन्तरिम आदेशका लागि अर्को छलफल
-
स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद
-
अबरोध हटाउन सुदूरपश्चिमका गठबन्धन दलबीच छलफल
-
जब न्युजिल्यान्डविरुद्ध पाकिस्तानका १२ खेलाडीले ब्याटिङ गरे...
-
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट