सत्ता गठबन्धनका एमाले र कांग्रेस निकट कानुन व्यवसायी आमुन्ने सामुन्ने हुँदै
काठमाडौँ । नेपाल पत्रकार महासङ्घमा सत्ता गठबन्धन मिलेर निर्वाचन सकिए लगत्तै नागरिक समुदाय अन्तर्गत पर्ने नेपाल बार एशोसियसनको सर्वोच्च अदालत बार एसोसिएसनमा चुनावी सरगर्मी सुरु भएको छ। सर्वोच्च अदालत अदालत, उच्च अदालतमा बहस गर्ने नाम चलेका कानुन व्यवसायीहरू सदस्य भएको सर्वोच्च बारमा भने यस पटक सत्ता गठबन्धनमै रहेका दुई दल नेपाली काङ्ग्रेस भर्सेस नेकपा एमाले हुने देखिएको छ।
पुस २० गते हुने निर्वाचनका लागि नेपाली काङ्ग्रेस निकट कानुन व्यवसायीहरूको सङ्गठन डेमोक्रेटिक लयर्स एसोसिएसनले अध्यक्षको रूपमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई अघि सारेको छ भने नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी सङ्घले वरिष्ठ अधिवक्ता महेश थापालाई अघि सारेपछि सर्वोच्च बारमा सत्ता गठबन्धन नै प्रतिस्पर्धी हुने निश्चितजस्तो देखिएको हो ।
६२६ मतदाता रहेको सर्वोच्च बारमा डेमेक्रेट र कम्युनिस्ट सर्मथकहरुका बिचमा हरेक पटक प्रतिस्पर्धा हुने गरेको छ। वर्तमान प्रधानन्यायाधीश कुनै समय सर्वोच्च बारमा अध्यक्ष थिए । देशभरका बारमध्ये सर्वोच्च बार महत्त्वपूर्ण रूपमा लिने गरिन्छ । अघिल्लो कार्यकालमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्ष भएका थिए भने उनीपछि वरिष्ठ अधिवक्ता हरिशंकर निरौला अध्यक्ष भएका थिए ।
सर्वोच्च बारको पुस ८ गते नोमिनेसन हुँदैछ तर दुवै सङ्गठनले उम्मेदवारी तोक्दै प्रचार भने सुरु गरिसकेको देखिन्छ । डीएलएले एकीकृत समाजवादी निकट एसपिएलएसँग गठबन्धन बनाएको छ। एमाले निकट पीपीएलले माओवादी निकट आरपिएलएसँग गठबन्धन बनाउने लगभग निश्चित देखिएको छ। डिएलएले सबै पदमा उम्मेदवार तय गरेको छ भने पीपीएलए गठबन्धन अध्यक्ष बाहेक अरू पदमा छलफलमै रहेको छ। १५ सदस्य बारको पदाधिकारीमा डीएलए गठबन्धनले अध्यक्षमा पोखरेललाई अघि सारेपछि उपाध्यक्ष एसपिएललाई दिएको छ। उपाध्यक्षको रूपमा अमर राउत रहेका छन् । त्यस्तै सचिवमा डीएलएका रमण कर्ण उम्मेदवार भएका छन् भने महिला सचिवमा पुनदेवी महर्जनलाई एसपीएलएका तर्फबाट अघि सारिएको छ । कोषाध्यक्षमा डीएलएका रामचन्द्र पौडेल र दुई सदस्य एसपीएलएलाई दिइएको छ।
सर्वोच्च बारमा उपाध्यक्ष निर्वाचन समितिको संयोजन हुने परम्परा रहेको छ। उक्त परम्परा अनुसार यसपटक निर्वाचन गराउने जिम्मेवारी उपाध्यक्ष वरिष्ठ अधिवक्ता जगदीशचन्द्र पाण्डेले पाएका छन् । उनीसँगै निर्वाचन समितिको सदस्यमा सुमनकुमार केसी र देवी रेग्मी पोखरेल रहेका छन् । सर्वोच्च अदालतसँग पछिल्लो समय बारको सम्बन्ध चिसो भएको समयमा नयाँ निर्वाचन हुन लागेको हो ।
नेपाल बार र सर्वोच्च अदालतका बिचमा विवाद देखिएको समयमा सर्वोच्च बारले मध्यस्थताको भूमिका खेलेर सहमति गराउँदै आएको इतिहास छ। प्रतिनिधिसभा विघटनदेखि बारका तत्कालीन अध्यक्ष विश्वकान्त मैनालीमाथिको कारबाहीसम्मका घटना लगायत थुप्रै घटनामा बार र बेन्चका बिचमा टसल हुँदा सर्वोच्च बारको नेतृत्वले भूमिका खेलेको थियो ।
त्यस्तै बारको आगामी निर्वाचनका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई कानुन व्यवसायीहरूले महत्वका साथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी